0 COMMENTS

काठमाडौं ६चैत्र०७३ / घरेलु कामदारका रूपमा काम गर्ने डोटी जेजोमाडौं–२ की १६ वर्षीया कल्पना शर्मा (नाम परिवर्तन) घरमालिकबाटै पटक–पटक बलात्कृत भएपछि न्यायका लागि प्रहरीको शरणमा पुगेकी छिन्। डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन्।  बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट बलात्कृत भएको बताइन्। उनको उजुरीपछि महानगरीय प्रहरी वृत्त बानेश्वरले पाण्डेलाई पक्राउ गरेको छ। ‘म पटक–पटक घरमालिकबाट बलात्कृत भएँ। पीडा सहन नसकेर प्रहरीमा उजुरी गरेँ,’ बालअधिकारवादी संस्था सिविस नेपालको शरणमा बसिरहेकी कल्पनाले भनिन् ।

पक्राउ परेका पाण्डे श्रीमती, एक छोरा र आमासहित काठमाडौं कारेश्वरमा बस्छन्। पीडित कल्पनाले दुई वर्षदेखि उनको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्, त्यहीँ बस्थिन्। कल्पनाका अनुसार लोकराजले पछिल्लोपटक २२ माघको साँझ कोठामा कोही नभएको मौका छोपी उनलाई बलात्कार गरेका थिए। ‘साँझ परेको थियो। घरमा कोही पनि थिएनन्। म भान्छामा काम गर्दै थिएँ। उहाँले मलाई तानेर कोठामा लग्नुभयो र जबर्जस्ती गर्नुभयो। म चिच्याएँ। तर, सहयोग गर्न कोही आएनन्’, घटनाबारे उनले नयाँ पत्रिकासँग भनिन्। पढाएर विदेश पठाइदिने प्रलोभनमा लोकराजले उनलाई दुई वर्षअघि डोटीबाट ल्याएका थिए। काठमाडौंको सामुदायिक विद्यालयमा उनलाई भर्ना पनि गराए।

बदलामा उनले कल्पनालाई पटक–पटक बलात्कार गरे। यसअघि पनि पटक–पटक बलात्कार भए पनि सहेरै बसेको उनले बताइन्। असह्य पीडा भएपछि उनले विद्यालयका साथीसँग पीडा पोखिन्। साथीमार्फत कुरा शिक्षकसम्म पुग्यो। शिक्षकको सहायताले उनी उजुरी दिन प्रहरी कार्यालय पुगिन्। उजुरी परेपछि प्रहरीले अभियुक्त पक्राउ ग¥यो। तर, बुबा नै अभियुक्तलाई बचाउन लागेपछि न्याय पाउने मै उनी शशंकित छिन्।यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।