0 COMMENTS

काठमाडौं ६ चैत ०७३/ वैशाख ३१ गते तोकिएको स्थानिय तहका लागि मतपत्र छाप्ने काम आजदेखि हुने भएको छ । आज स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको शनिबारबाट परीक्षण छपाइ सुरु भएको छ । परीक्षणका रूपमा छापिएको मतपत्रको कागज सेतो र मसी नीलो छ । निर्वाचन आयोगले मतपत्रको छपाइ कार्य हिजोबाट सुरु हुने जनाएको भए पनि मतपत्रको डिजाइन गर्ने कार्यमा केही ढिलाइ हुँदा छपाइ कार्यमा पनि त्यसको प्रभाव परेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आज साँझबाट औपचारिक छपाइ सुरु हुने जानकारी दिए ।

आज दिनभरिमा आयोगले आफ्नो प्रक्रियालाई पूरा गरेमा आजै साँझबाट निरन्तर रूपमा छपाइ सुुरु हुनेछ । मतपत्रको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । आयोगले करिब एक करोड ४० लाख मतदाता हुने अनुमान गरी करिब एक करोड ६० लाख मतपत्र छपाइ गर्ने तयारी गरेको जानकारी दिएको छ ।

मतदाता नामावली प्रशोधनको कार्य भइरहेकाले औपचारिक मतदाताको संख्या भने आउन बाँकी छ । आयोगले छ आकार (साइज)का र ७५ जिल्लाका लागि ७५ वटै प्रकारका मतपत्र छपाइ गर्ने तयारी गरेको जानकारी पनि प्रवक्ता शर्माले दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।