0 COMMENTS

सुरुङ्गा (झापा), ५ चैत०७३/पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा नगरपालिका–७ स्थित अर्जुनधारा जलेश्वरधामको मुख्य मन्दिरमा ताम्रपत्र बिच्छ्याउने कार्य ५० प्रतिशत सम्पन्न भएको छ ।

मन्दिरलाई धार्मिकस्थल मात्र नभएर पर्यटकका लागि आकर्षण केन्द्रको रुपमा विकास गर्न ताम्रपत्र विच्छ्याउन सुरु गरिएको र अहिलेसम्म ५० प्रतिशत कार्य सम्पन्न भएको अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिद्वारा यहाँ आज आयोजि पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

यसका लागि समितिले आह्वान गरे अनुसार तामा सङ्कलन गर्ने कार्य सुरु गरिएको र हालसम्म ४८२ किलो ८१० ग्राम तामा, २३ किलो २२० ग्राम पित्तल र रु. आठ लाख ७९ हजार पाँच सय ६६ नगद सङ्कलन भएको समितिका महासचिव विष्णुप्रसाद निरौलाले जानकारी दिनुभयो ।

उक्त कार्यका लागि करिब रु. ४४ लाख २५ हजार लाग्ने अनुमान गरिएको समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । उक्त कार्यमा सहयोग गर्न चाहनेले घरमा भएको पुरानो तामा, पित्तल वा एक किलो तामा बराबर रु. एक हजार पाँच सय उपलब्ध गराउन सकिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।