0 COMMENTS

काठमाडौं ५ चैत्र०७३/  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाँच उपमहानगरसहित एक सय ७८ नगरपालिका र सबै चार सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ ।

मन्त्रालय शुक्रवार उप-नगरपालिका र बिहीबार गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको हो । मन्त्रालयले स्थानीय तहको निर्वाचनको काममा तयारी एवम् व्यवस्थापनमा सहयोग गर्न अनुरोध गर्दै कुनै पनि बिलम्ब नगरी खटिएको ठाउँमा रमाना लिई हाजिर हुन पत्राचार गरेको छ ।

कार्यकारी अधिकृतले विलम्ब गरी समयमा हाजिर हुन नगएमा निर्वाचन आयोगको निर्वाचन आचार संहिता बमोजिम हुने बताएको छ ।

मन्त्रालयले बैतडीको सिगास, ओखलढुंगाको सुनकोसी, गोरखाको सहिद लखन, रुकुमको पुथा उत्तरगंगा, जुम्लाको तातोपानी, बझाङको काँडा, कालिकोटका सान्नी त्रिवेणी र महावै र मुगुको खत्याड गाउँपालिकामा अर्को व्यवस्था नहुञ्जेलसम्म जिल्ला समन्वय समितिबाट तोकेबमोजिम हुने गरी कार्यकारी अधिकृतको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।