काठमाडौं,४ चैत०७३/नेपालले आफ्नो नियमित कप्तान अनिल गुरुङलाई पहिलो पल्ट बाहिर राखेर राष्ट्रिय टोलीको घोषणा गरेको छ। सागर थापा ‘म्याच फिक्सिङ’ को आरोपमा आजीवन प्रतिबन्धमा परेपछि अनिलले नेपाली राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्दै आइरहेका थिए। उनलाई कप्तान नियुक्त गरिएपनि पछिल्लो प्रतियोगितामा उनी प्लेइङ–११ मा स्थान बनाउन असफल थिए।
आउँदो मार्च २८ तारिख फिलिपिन्ससँग हुने एएफसी एसियन कप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार २० सदस्यीय टोलीको घोषणा गर्यो। जसमा अनिलबाहेक अन्तिम २७ मा समावेश सुमन लामा, देवेन्द्र तामाङ, एलन न्यौपने, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत पनि राष्ट्रिय टोलीमा स्थान बनाउन असफल रहे।
नेपालले छनोट खेल फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा खेल्ने छ।
राष्ट्रिय टोली-
गोलकिपरः विकाश कुथु, किरणकुमार लिम्बु, विशाल श्रेष्ठ
डिफेन्डरः रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जीत धिमाल, जितेन्द्र कार्की
मिडफिल्डरः रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ
फरवार्डः विमल घर्तीमगर, अन्जन बिष्ट, भरत खवास, किर्ण लिम्बु
प्रतिक्रिया दिनुहोस्