0 COMMENTS

काठमाडौं, ४ चैत०७३/ काठमाडौंको गुर्जुधारामा स्याउ बोकेको एउटा ट्रक अनियन्त्रित भएपछि गम्भीर दुर्घटना भएको छ। काठमाडौंबाट स्याउ बोकेर झापा जाँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रक अनियन्त्रित भएपछि मिनी ट्रक, ट्याक्सी र स्कुटीलाई ठक्कर दिएको थियो।महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार  ट्रककाे ‘ब्रेक फेल’ भई अन्य अन्य सवारीसाधनलाई अन्धाधुन्दा ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भइसकेको छ भने अन्य चार घाइतेको अवस्था गम्भीर छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्याक्सी चालक र मिनी ट्रकका चालकलाई उपचारका लागि अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कृष्ण पङ्गेनीले जानकारी दिए ।‘घाइतेको अवस्था यकिन भन्न सकिन्न हामीले उपचारका लागि अस्पताल पठाएका हौ डीएसपी ले भने  ।  डीएसपी कृष्ण पङ्गेनीलेका अनुशार घटना लगत्तै ट्रक चालक फरार रहेको उनले बताए। ‘ट्रक चालक काभ्रे गंगा दोर्जे लामा र ट्रक मालिक डम्बर पोखरेल फरार छन्। उनीहरूको खोजि भइरहेको छ।’

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।