0 COMMENTS

महेन्द्रनगर ४ चैत ०७३/फागुन २१ गते झापाको काँकडभिट्टाबाट सुरु भएको नेकपा एमालेको मेची–महाकाली अभियानको आज (शुक्रबार) समापन गरिएको छ ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना गरी अभियानको समापन गरिएको हो । एमाले अध्यक्ष केपी ओलीले अभियानले एमालेको लोकपृयता बढाएको बताएका छन् ।

अभियानको औपचारिक समापनका अवसरमा एमाले अध्यक्ष ओलीले वक्तव्य जारी गर्दै मेची–महाकाली अभियान पूर्णरुपमा सफल भएको बताएका छन् । १ हजार किलोमिटरको दूरी पार गरेको अभियानले जनतामा नयाँ उत्साह थपेको पनि ओलीको दावी छ ।

एमाले अभियानका दौरान सप्तरीमा भएको दोहोरो भिडन्तमा मधेसी मोर्चाका ५ जना कार्यकर्ता मारिएका थिए । जसकारण एमालेको अभियान केही विवादित पनि बनेको थियो । यद्यपी एमाले नेताहरुले उक्त घटनालाई नियोजित भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।