0 COMMENTS

दक्षिण दिल्लीको संगम विहारमा बुधबार राती एक ३० वर्षीया महिलाको आफ्नै श्रीमानले हत्या गरिदिएका छन् ।पुलिसका अनुसार श्रीमानले श्रीमतीलाई विवाहेत्तर सम्बन्ध भएको आशंकामा उनको हत्या गरेका हुन् । आरोपी ३५ वर्षीय अनिश अलीलाई बिहिबार पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।

कोदालोले हानेर श्रीमतीको हत्या गरेपछि अनिशले श्रीमतीको शवलाई ब्याङ्केटले बेरेर बोरामा कोचेको पुलिसले बताएको छ । त्यसपछि उनले भुईंमा र भित्तामा लत्पतिको रगत सफा गरेर नजिकैको जङ्गलमा फ्याँक्न खोजेको बताइएको स्रोतले बताएको छ ।‘तर उनले तुरुन्त आफ्नो सोच परिवर्तन गरेर शवलाई नजिकैको घरको भर्याङ मुनी लुकाए,’ पुलिसले जानकारी दियो ।

चिन्मोय बैसवाल, एडिसनल डेप्युटी कमिस्नर अफ पुलिस, ले महिलाको शव स्थानीयले देखेपछि घटनाबारे स्थानीय समयानुसार बिहानको ७ बजेर ४४ मिनेटरमा थाहा भएको जानकारी दिए ।‘शवको टाउको, अनुहारको बायाँ भागमा र काँधमा निकै गहिरो र थुप्रै चोट लागेको छ । स्थानीयका अनुसार उनको नाम नरगिस बताए, ’ बिस्वालले बताए ।

अनुसन्धानको क्रममा पुलिसले नर्गिसको घरको पहिलो तल्लामा रगतको दागसमेत पायो ।श्रीमतीको हत्या गरेपछि पनि अनिश खुल्ला रुपमा घुम्ने गरेको स्थानीयले बताए । सोधपुछका क्रममा अनिशले आफूले श्रीमतीको हत्या रिसको झोंकमा गरेको स्विकार गरे ।

राती आफूहरुबिच विवाद भएको र विवादपछि नरगिसले चुरोट पिउन लाग्ला उनलाई कोदालोले थुप्रै पटक टाउकोमा हानेको जसका कारण उनको घटनास्थलमा नै मृत्यु भएको उनले पुलिसलाई सोधपुछका क्रममा बताए ।- हिन्दुस्तान टाइम्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।