0 COMMENTS

 नेपालगन्ज ३ चैत्र २०७३ / नेपालगञ्ज गोल्डकपको उपाधी रुपन्देही ११ ले जितेको छ । आज भएको फाइनल खेलमा रुपन्देहीले संकटा क्लबलाई ट्राइबेकरमा हराएर उपाधी हात पारेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरिा सकिएको थियो । खेलको ६५ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई संकटाका अनिल गुरुङले गोलमा परिणत गर्दै खेलमा १ ० को अग्रता दिलाएका थिए। तर ८८ औँ मिनेटमा रुपन्देहीका शिव सुवेदीले गोल गर्दै खेललाई १-१ को बराबरिमा पुर्याए ।

निर्धारित समयको खेल १-१ को बराबरिमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
प्रतियोगितामा विजयी भएको रुपन्देहीले पाँच लाख र उपविजेतामा चित्त बुझाएको संकटा क्लबले दुइ लाख ५० हजार रुपैयाँ पुस्कार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।