0 COMMENTS

काठमाडौं,३ चैत्र०७३/प्रहरीको बर्दीमा सजिएका दुई प्रहरी अधिकृतले काठमाडौंको कोटेश्वरबाट मेनपावर ब्यवसायी अपहरण गरेर बन्धक बनाएको खुलेको छ ।

महानगरीय प्रहरी वृत गौशालामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सुर्य थापा र महानगरीय अपराध महाशाखा दरबन्दी भएर गौशला वृतमै कार्यरत सई सम्वत तामाङ्गले मेनपावर ब्यवसायी बद्रि राईलाई अपहरण गरेर बन्धक बनाएको खुलेसँगै प्रहरीले उनिहरुलाई पक्राउ गरेको छ ।

‘दुई जना प्रहरी अधिकृतलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं’ महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले भने, ‘एकजना मेनपावर ब्यवसायी अपहरण प्रकरणमा उनिहरुको संलग्नता खुलेको छ ।’

प्रहरी अधिकृत द्वयले काभ्रेका अर्जुन लामा र रुपन्देहीका राजकुमार गुरुङ्गको सहयोगमा मेनपावर ब्यवसायी बद्रि राईलाई गत माघ १ गते काठमाडौंको कोटेश्वरबाट अपहरण गरेका थिए ।

करिब ६ घण्टा एयरपोर्ट स्थित बाजेको सेकुवा कर्नरको माथिल्लो तल्लामा बन्धक बनाएर एक करोड लिन सफल भएपछी उनिहरुले राईलाई छाडीएको अपराध महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख एसएसपी अमात्यका अनुसार २५ लाख दरका चारओटा चेक लिएर अपहरणकारीहरुले राईलाई मुक्त गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

यसरी अपहरणमा परे टाईगर ओभरसिजका सञ्चालक:

धनकुटाको छिन्ताङ – ५ स्थायी घर भएका बद्रि राई धुम्बाराहीमा टाईगर ओभरसिज सञ्चालन गर्थे । केही समय पहिले राईको मोवाईलमा सई सम्वत तामाङ्गले फोन गरेर ‘म सिआईवीको प्रहरी हुँ, सुन तस्करी गर्ने फुर्वा शेर्पा कहाँ छ निकाल’ भन्दै धम्कि दिए ।

तामाङ्गले बारम्बार धम्कि दिन थालेको केही दिनमा ‘कार्की सर्’ नामका अर्का ब्यक्तिले पनि राईलाई फोन गरेर ‘सुन तस्कर किन लुकाएको ?’ भन्दै धम्क्याउन थाले ।

गएको फागुन १ गते राईलाई सम्वत तामाङ्ग र कुमार भन्ने राजकुमार गुरुङ्ग समेतका ब्यक्तिहरुले कोटेश्वर बोलाएर जबर्जस्ती मोटरासाईकलमा राखेर सिनामंगलस्थित बाजेको सेकुवा स्थित गोप्य कोठामा लगेको अपराध महाशाखाले जनाएको छ ।

बाजेको सेकुवाको माथिल्लो तलामा बन्धक बनाएर राईको साथमा रहेको २ लाख ३० हजार नगद जबर्जस्ती लुटेर, उक्त समहुले नविल बैंक र राष्ट्रिय बाणिज्य बैंकको एक करोडका चेकमा हस्ताक्षर गराएर अपहरण मुक्त गरेका थिए ।

यसरी बन्धक बनाएर एक करोडभन्दा बढी पैसा लिएको उजुरी परेपछी अपराध महाशाखाका डिएसपी अजय केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले दुईजना सई सहित राजकुमार गुरुङ्ग र अर्जुन बहादुर लामालाई पक्राउ गरेको हो ।

गत बुधवार राजधानीका विभीन्न स्थानबाट पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको महाशाखाले जनाएको छ ।राताे पाटीमा- राजेश भण्डारी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।