0 COMMENTS

महेन्द्रनगर, ३ चैत०७३/ नेकपा (एमाले) ले भारतीय सशस्त्र सीमा बल (एसएसबी)को गोली प्रहारबाट मारिएका सहिद गोविन्द गौतमको परिवारलाई ५ लाख रुपैयाँ सहयोग सहीत उनकाे छाेरीलार्इ ल्यापटप प्रदान गरेको छ ।

मेची–महाकाली अभियानअन्तर्गत बिहीबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ लाखको चेक र ल्याप्टप पार्टीका जिल्ला अध्यक्ष तारालामा तामाङमार्फत गौतमको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

सचिव योगेश भट्टराईका अनुसार गौतमको परिवारलाई ५ लाख सहयोग र उनका छोरीका लागि एमालेले ल्यापटप हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण गर्दै एमाले अध्यक्ष ओलीले उक्त घटनामा भारत सरकारले नेपालसँग माफी माग्नुपर्ने, दोषीमाथि कारवाही गर्नुपर्ने र पीडित परिवारलाई भारतले सम्मानजनक क्षतिपूर्ति दिनुपर्ने आफूहरुको माग रहेको जानकारी गराए ।ओलीले गौतमका छोराछोरीको शिक्षाका लागि राज्यले केही नगरे एमालेले पढाइदिने आश्वासन पनि दिए । ‘शहीद गोविन्द गौतमको परिवारलाई एमालेले सम्मानस्वरुप ५ लाख रकम उपलब्ध गराएको छ । छोरीहरुको शिक्षादिक्षाका लागि चिन्ता नलिनूस्, अरु कोही छैन भने एमाले छ,’ ओलीले भने– ‘आनन्दनगरमा घाइते भएका टीकाराम चापागाईंको उपचारको जिम्मा एमालेले लिन्छ ।गौतम गत फागुन २६ गते पुनर्वासको आनन्द बजारमा एसएसबीको गोलीबाट मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।