0 COMMENTS

काठमाडौं ३ चैत्र०७३/ यसअघि भन्दा फरक विषयमा मन्त्रिपरिषद्को बैठकमा बबाल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल बल्ल तल्ल लगेका छन् ।

सोमबारको बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसी र वाणिज्य मन्त्री दीपक बोहराले पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिनुपर्ने विषयमा अडान दिएपछी सरकारले यस वर्षबाट पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार बसेकोको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री बिमलेन्द्र निधिले पृथ्वीजयन्तीलाई सामेल नगरी २०७४ सालको सार्वजनिक छुट्टीको सूची पेश गरेका थिए । तर, त्यसमा मन्त्रीहरु बोहोरा र केसी लगायतले चर्को विरोध गरेका थिए ।

त्यसक्रममा केही भनाभन समेत भएको थियो । अन्य मन्त्रीहरुले पृथ्वीजयन्तीमा छुट्टी नदिएसम्म सार्वजनिक छुट्टीको प्रस्ताव अनुमोदन नगर्ने अडान लिएपछि सोमबारको बैठक बिना निष्कर्ष सकिएको थियो । तर, मंगलबार मन्त्रिपरिषदले प्रकाशित गरेको राजपत्रमा पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीमा सामेल गरिएको छ ।

दोस्रो जनआन्दोलन लगत्तै पृथ्वी जयन्तीको बिदा कटौती भएको थियो । तर, पृथ्वी जयन्तीमा बिदा नदिएपछि सरकारको चर्को टिप्पणी हुँदै आएको थियो । सरकारले राजपत्रमा सार्वजनिक बिदा दिने कुरा उल्लेख गरे पनि एकता दिवसका रुपमा मनाउने विषयमा भने केही बोलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।