0 COMMENTS

काठमाडौं०३, चैत २०७३/ भारतीय सीमा सुरक्षा बलको गोली लागि कञ्चनपुर गोविन्द गौतमको हत्या भएपछि उत्पन्न हुलदंगामा नेपाल प्रहरीका असईको पेस्तोल हराएको खुलासा भएको छ । गौतमको हत्यापछि कञ्चनपुरको आनन्दबजारमा भारतबिरुद्ध प्रर्दशन गरिएको थियो ।

प्रर्दशनका क्रममा प्रहरीसँग झडप पनि भएको थियो । झडपका क्रममा नेपाल प्रहरीका असई माधव भट्टले बोकेको पेस्तोल हराएको प्रहरीले खुलासा गरेको छ । हुलदंगाका क्रममा असई भट्नले बोकेको पेस्तोल हराएको प्रहरीले प्रतिवेदन सार्वजनिक गरेको छ ।

पेस्तोलमा ७ राउड गोली भरिएको थियो । पेस्ताले कहाँ र कसरी हरायो भन्ने तथ्य अझै खुल्न सकेको छैन । प्रहरीले पेस्तोल हराएदेखि खोजि कार्य जारि पनि राखेको छ । तर पनि फेला पर्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।