0 COMMENTS

चैत्र २, २०७३- सञ्चारकर्मी उमा सिंह हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाई उच्च अदालत जनकपुरले बुधबार सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।स्थानीय जनकपुर टुडे दैनिक तथा रेडियो टुडेमा कार्यरत संचारकर्मी उमा सिंहलाई २०६४ साल भदौ १४ गते राति उनको रजौलस्थित डेरामा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको थियो ।

नेपाल पत्रकार महासंघ धनुषाका कानूनी सल्लाहकार अधिवक्ता राजकुमार महतोका अनुसार– उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ ।

उच्च अदालत जनकपुरका न्यायाधिशद्वय नारायणप्रसाद पोख्रेल तथा चन्द्रबहादुर साढुको संयुक्त इजलास नेमलाल पासमान, स्वामीजी भन्ने उमेश यादव तथा उमा सिंहकी भाउजु ललितादेवी सिंहलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।