0 COMMENTS

काठमाडौँ, २ चैत ०७३/ बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।
यही चैत १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि वैंकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको छनौट समितिले आज चार वैकल्पिक खेलाडीसहित टोलीको घोषणा गरेको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि कप्तान खड्काले उक्त प्रतियोगिता नखेल्ने यसअघि नै घोषणा गरिसकेका छन् । त्यस्तै प्रतियोगितामा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् भने उपकप्तान शरद भेषवाकार रहेका छन् ।छनौट गरिएका अन्य खेलाडीमा विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र दिलीप नाथ रहेका छन् ।
त्यसैगरी वैकल्पिकतर्फ कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल छन् । उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा पाकिस्तान, बङ्गलादेश र हङकङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।