0 COMMENTS

काठमाडौ, २ चैत०७३/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसदले सरकारलाई निर्देशन दिएको छ।संसदको महाअभियोग सिफारिस समितिको प्रतिवेदन अनुमोदन गर्दै सदनले मंगलबार सरकारलाई यस्तो निर्देशन दिएको हो।
संसद सचिवालयका कानुनसचिव अर्जुन खड्काका अनुसार यो निर्देशनपछि कार्कीमाथि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धानको कानुनी बाटो खुलेको छ।अख्तियार प्रमुखका रुपमा कार्यरत रहँदा कार्कीले पदीय दुरुपयोग गरी विभिन्न गलत कार्य गरेको भन्दै दर्ता भएको महाभियोग प्रस्तावमाथि अनुसन्धान गर्न गठित समितिको प्रतिवेदन सरकारलाई पाठाउँदै सदनले यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।