0 COMMENTS

काठमाडौं१ चैत०७३ / नयाँ शक्ति पार्टीमा आवद्ध रहेका अर्थविद रामेश्वर खनालले सो पार्टी त्यागेका छन् । उनले मंगलबार टि्वटरमा यसको जनाउ दिएका हुन् ।

एक टि्वटर प्रयोगकर्तालाई जवाफ दिँदै खनालले लेखेका छन्, ‘म कुनै पार्टीमा आवद्ध छैन । राजनीति मेरो क्षमताको विषय रहेनछ । अब के भनुँ ।’खनाल नयाँ शक्तिमा स्थापनाकालदेखि नै संलग्न थिए । सो पार्टीको आर्थिक नीति निर्माणमा उनको योगदान रहेको छ । पार्टी छोडेको विषयमा प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल स्वीच अफ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।