0 COMMENTS

काठमाडौं३०फागुन०७३/ आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याले १५६ रनको विजयी लक्ष्य नेपालले ३०.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ६४ र शरद भेष्वाकर २४ रनमा अविजित रहे। दिपेन्द्रसिंह ऐरीले ६२ र सागर पुनले ५ रनको योगदान दिए।

यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको केन्याले ४६.१ ओभरमा अल आउट हुँदै १५५ रन बनाएको थियो। केन्याका लागि कोलिन्स ओवुयाले सर्वाधिक ४८ रन बनाए। यस्तै इफ्रान करिमले ३८, कप्तान रकेप पटेलले २१ तथा नेहेमाइले १५ रनको योगदान दिए।नेपालका लागि शरद भेष्वाकरले सर्वाधिक चार विकेट लिए भने मेहबुब आलम र बसन्त रेग्मीले समान २–२ विकेट लिएका थिए। यस्तै सन्दिप लामिछाने र सागर पुनले एक–एक विकेट लिए।शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।