0 COMMENTS

काठमाडौं३०,फागुन०७३/एमाले अध्यक्ष केपी ओलीले केटाकेटीलाई चकलेट बाँडेजस्तै विदेशी नागरिकलाई नागरिकता बाँड्न नसकिने बताएका छन् ।
आजको नयाँ पत्रिकामा खबर छ– मेची–महाकाली अभियानअन्तर्गत आइतबार भैरहवाको अञ्चलापुरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन् ।

‘उहिले–उहिले रानीको जन्मदिनमा केटाकेटी जम्मा पारेर चकलेट बाँडिन्थ्यो । नागरिकता त्यसरी सीमामा अरू देशका मानिस जम्मा गरेर बाँड्न सकिन्न,’ ओलीले भने, ‘१३ जना बुहारी नेपालको सांसद हुनुहुन्छ, एकजना बुहारी त मन्त्री हुनुहुन्छ, कांग्रेसको ठूलै नेता हुनुहुन्छ, ज्वाइँहरूको त कुरै नगरौँ । मन्त्री हुन पाँच वर्ष पनि पुग्नु नपर्ने प्रस्ताव मानिन्न ।’

नेपाली चेलीले भारतमा बिहे गरेमा सात वर्ष कुर्नुपर्ने संवैधानिक प्रावधान रहेको भन्दै ओलीले बिहे गरेकै भोलिपल्ट कोही पनि विदेशीलाई नागरिकता बाँड्न नसकिने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।