0 COMMENTS

बुटवल २९फागुन०७३/एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले दशा लागेकाहरु मात्र एमालेसंग भिड्न आउने बताएका छन् । उनले मेची–महाकाली अभियान अन्र्तगत आज भएका नवलपरासी र भैरवाको आमसभापछि बुटवलमा पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।
मधेशी मोर्चाप्रति ओक्रोश पोख्दै भट्टराइले भने ‘दशालागेको छ भने एमालेसंग भिड्न आउनु होइन भने शान्त बस्नु ।’ अभियान सकेपछि दुइ नं प्रदेशको जनकपुरमा पाँच लाख मान्छे उतार्ने बताए ।सप्तरी घटनालाईं लिएर भटराईले भने, ‘मोर्चालाई लाज ढाक्न पनि केही बाँकी रहेको छैन । यस्तालाई अबको निर्वाचनमा सिध्याउनु पर्छ । यो मोर्चा त अरुले जोडी दिएको हो । यो जनताबाट बहिस्कृतहरुको झुण्ड हो । जसले मृत्युको खाडल खन्दै छ ।’
अहिलेको सरकार जनमत नभएको. सरकार भएको बताए । जुन दलहरुसंग जनमत छंैन ती दलहरुले सरकार चलाइरहेको छ । जब कि जनमत एमालेसंग छ भट्टराइले भने ।कंचनपुर घटनाबारे बोल्दै भने ‘अमेरीकाले जापानको हिरोसिमा र नाकासाकिमा बम खसालेर मान्छे मार्दा अहिलेसम्म क्षतिपूर्ति दिइरहेको छ । भारतले नेपाली भूमिमा आएर मान्छे मार्दा नेपाल सरकार क्षतिपूर्ति माग्न सक्दैन ।’
उनले यो मेची–महाकाली अभियान भाग १ र निर्वाचनमा एमालेको भाग दुई अभियान हुने बताए । स्थानिय तहको निर्वाचनमा आफ्नो दल दुई तिहाइ मत ल्याउने दाबी समेत गरे । अब एमालेको संगठन संरचना पनि गाँउपालिका र नगरपालीका अनुरुप हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।