0 COMMENTS

काठमाडौँ, २९ फागुन०७३/होली पर्वका बेला काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुन नदिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहानैदेखि सञ्चालन गरेको दुर्घटनारहित होली अभियान प्रभावकारी भएको छ ।

अपराह्न ४ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका कुनै सडकमा गम्भीर दुर्घटना भएको छैन भने नाका–नाकामा गरिएको सुरक्षा जाँचले सबै किसिमका सवारी साधनका चालकलाई सचेत गराएको छ ।अभियानका क्रममा ९३३ जनालाई महाशाखाले कारबाहीको दायरामा ल्याएको, ६७३ जना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका र क्षमताभन्दा बढी भार राखेर बाहन हाँक्ने ९६ जनाका कागतपत्र खिचिएको बताएको छ ।

कारबाहीमा परेका अधिकांश दुईपाङ्ग्रे सवारी साधनका चालक रहेका, केहीले सवारी चालक अनुमतिपत्र साथमा नराखेका तथा आवश्यक सुरक्षा उपाय नअपनाई सवारी हाँकेको पाइएको महाशाखाले जनाएको छ ।साँझ अबेरसम्म अझ सशक्त रुपमा सुरक्षा जाँच गरिने बताउँदै महाशाखाले सबैलाई दुर्घटनारहित ढङ्गले होली मनाउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।