0 COMMENTS

 काठमाण्डाै  २९ फागुन०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् ।पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै आएका डा. लोहनीले अहिले केहीबेरमा रिपोर्टस क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी परित्याग गर्ने औपचारिक घोषणा गरेका छन् ।

उनले पार्टी परित्याग गरेपनि राजनीतिबाट निश्क्रिय भने नहुने बताए । अन्य नेताहरू र जिल्लाका शुभचिन्तकको सल्लाहमा केहि दिनभित्रै निर्णय गरिने पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।राप्रपाको एकता महाधिवेशनमा कमल थापासँग अध्यक्षमा चुनाव लड्ने अन्तिम तयारीमा रहेर पनि उनी पछि हटेका थिए ।लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजमा मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउँछु, भनेका छन् ।

आफूले २५ बर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताएका छन् ।एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् । उनले भनेका छन्, ‘पार्टीलाई एउटा व्यक्तिको वा एउटा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजियो, यस्तो अधिनायकबादी क्रियाकलापसँग मेरो पूर्ण असहमति छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।