0 COMMENTS

काठमाडौं२९फागुन०७३/ शुक्रवार देखि पुनः सुरु भएको नेकपा एमालेको मेची–महाकाली अभियान आज रुपन्देहीको भैरहवा पुग्दैछ । तर एमालेको अभियानलाइृ विफल बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज रुपन्देही बन्दको आह्वान गरेको छ ।एमालेलाई मधेस विरोधीको आरोप लगाउँदै मोर्चाले उसलाई अवरोध गर्ने उद्देश्यले रुपन्देही बन्द आह्वान गरेको हो ।
अभियानको क्रममा अहिले नवलपरासीको भूमहीमा रहेका एमाले नेता कार्यकर्ता त्यहाँ कार्यक्रम सकेर रुपन्देहीको भैरहवा पुग्ने कार्यक्रम रहेको छ ।भैरहवामा अपरान्ह आमसभा गर्ने र सो पछि बुटबलमा पुगेर बास बस्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

सप्तरीको राजविराजमा गत फागुन २३ गते मधेसी मोर्चाले एमाले विरुद्ध प्रदर्शन गर्दा प्रहरीसँगको झडपमा ५ जनाको ज्यान गएपछि ३ दिन अभियान स्थगित गरी एमालेले शुक्रवार हेटौडाबाट पुन अभियानन सुरु गरेको थियो । अभियानमा अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।