0 COMMENTS

काठमाडौ २९फागुन०७३/यही चैत २६ र २७ गते राजधानीमा हुने खप्तडी बस्नेतहरुको राष्ट्रिय सम्मेलनको तयारी तिब्र पारिएको सम्मेलन सचिवालयले जनाएको छ।
नेपालभित्र र बाहिर बसोबास गरिरहेका सम्पूर्ण खप्तडी बस्नेतहरुलाई समेट्ने गरी वंशावलीको दोस्रो संस्करण प्रकाशनको विद्युतीय प्रणलीसम्बन्धीमा छलफल गर्ने, खप्तडी बस्नेतहरुको उत्थानका लागि कल्याणकारी कोष स्थापना गरी कोषको नियमानुसार जिल्ला र गाउँ तथा विदेशमा समेत विस्तार गर्ने सम्बन्धी छलफल गर्ने, खप्तडी बस्नेतहरुको परम्परागत कुलपुजा विधि तथा गोठधुपको पूजा विधिमा एकरुपता ल्याउने विषयमा छलफल गर्ने, खप्तडी बस्नेतहरुले राष्ट्रलाई पुराएको योगदानहरुलाई अभिलेखीकरण गर्नेलगायतका उद्देश्यसहित हुन लागेको सम्मेलनको तयारी तिब्र पारिएको हो ।
सम्मेलन आयोजक समितिअन्तर्गत गठित प्रचार प्रसार उपसमितिको शनिबार सचिवालयमा बसेको बैठकले सम्मेलनको नयाँ मिति, लेख रचना, कार्यपत्रहरु र सहभागिता दर्ताका म्यादहरु बारे व्यापक प्रचार प्रसार गर्ने, स्मारिकाका लागि आवश्यक लेख तथा दस्तावेजहरु सबैले आ–आफ्नो क्षेत्रबाट संकलन गर्ने, प्रचार प्रसार समिति, प्रकाशन समितिलाई समेत सहयोग पुग्ने गरी सक्रिय रुपमा काम गर्ने निर्णय गरिएको सचिवालयले जनाएको छ।

सम्मेलनका लागि तोकिएको समयमा लेखरचना आइसक्नुपर्ने, चैत १० गतेभित्र सम्मेलनमा सहभागी हुनेहरुले तोकिएको शुल्क तिरेर नाम दर्ता गराइसक्नुपर्ने व्यवस्था गरिएको सचिवालय सचिव कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।सम्मेलनमा सहभागी हुन दर्ता उत्साहजनक भए पनि देशभरका खप्तडी बस्नेतहरुलाई सहभागी गराउन पहल भइरहेको सचिवालयले जनाएको छ। सहभागी हुन चाहने खप्तडी बस्नेतले आफ्नो अनुकुलताअनुसार रु १५ सय बैंकमा जम्मा गरेर भौचर बुझाउन सक्ने व्यवस्था समेत गरिएको सचिवालयले जनाएको छ। सहभागी हुन चाहनेहरुको सुविधाका लागि कृषि विकास बैंक कोटेश्वर शाखामा रहेको बचत हिसाव नम्बर ०२०९५०१०५९६०४०११ मा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ। विद्यार्थीहरुले भने रु ७ सय बुझाएर सम्मेलनमा सहभागी हुन सक्नेछन् । त्यसका लागि उनीहरुले आफ्नो नवीकरण गरिएको परिचयपत्रसहित सचिवालयमा सम्पर्क गर्नुपर्ने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ।
सम्मेलन खप्तडी बस्नेत खप्तडी बस्नेत बन्धु उत्थान तथा वंशावली समिति, खप्तडी बस्नेत एकीकृत समिति काठमाडौ, खप्तडी बस्नेत वंशावली अनुसन्धान तथा उत्थान समिति दाङ, खप्तडी बस्नेत सेवा समिति कास्की, खप्तडी बस्नेत कुल सुधार समिति उदयपुर, खप्तडी बस्नेत सेवा समाज सोलुखुम्बू, खप्तडी बस्नेत संघ गुल्मीसहितका संघसंस्थाले आयोजना गर्न लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।