काठमाडौं २८ फागुन ०७३/विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिड रोजेको केन्याका लागि २६ ओभरमा ९३ रनको लक्ष्य थियो । केन्याले पाएको लक्ष्य २४ ओभरमा पुरा गरेको थियो । प्रारम्भीक सुरुवात खराव गरेको केन्याले पारीलाई समाल्दै जित आफ्नो पोल्टामा पारेको छ । नेपालका लागि सागर पुनले लगातार दुई विकेट लिएर ह्याटिक गरेका थिए भने संदीप रेग्मीले २ र बसन्त रेग्मीले १ विकेट लिएका थिए ।
नेपालका लागि कुनै पनि ब्याट्म्यानले ठुलो साझेदारी गर्न सकेनन् । खेलको अन्तिमतिर आएका शक्ति गौचन र सोमपाल कामीले केही रन बटुलेर नेपाललाई ११२ रनमा पुराएका थिए । खेल अवधिभर नेपालले एउटा पनि छक्का प्रहार गर्न सकेन भने ८ चौका प्रहार गरेको थियो ।
नेपालका तर्फबाट प्रारम्भीक ब्याट्सम्यानहरुले सन्तोषजनक रन बटु्ल्न सकेनन् । प्रारम्भीक ब्याट्सम्यान सुनिल धमला ३ रन बनाएर आउट भए भने कप्तानी समालिरहेका ज्ञानेन्द मल्ल २७ रनमा आउट भएकान थिए । त्यसैगरी सागर पुन १०, र शरद भेषवाकर ३ रन बनाए भने बिनोद भण्डारी ४ रन, मेहेबुब आमल २ रन र बसन्त रेग्मी ६ रनमा समेटिए । ज्ञानेन्द्र मल्ल बाहेक अरु राम्रोसँग जम्न नसकेका बेला शक्ति र सोमपालले पारीको समालेका थिए । शक्ति र सोमपाले ३० रनको साझेदारी गरेका थिए ।
खेल बर्षाका कारण फेरवदल भएको थियो । नेपालले ३६ ओभरमा नेपालले ८ विकेटको क्षतिमा ११२ रन बनाएको थियो । ३८ ओभरको खेलमा नेपालले ३६ ओभर खेलेपछि बर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि २९ ओभरमा खेल झारिएको .थियो भने केन्यालाई १०४ रनको लक्ष्य दिइएको थियो । त्यसपछि फेरी खेल २६ ओभरमा झारिएको थियो भने लक्ष्य ९४ रनको लक्ष्य पाएको थियो । पाएको लक्ष्य केन्याले पाँच विकेटको क्षतिमा भेटाएको थियो ।