0 COMMENTS

काठमाडौं, २८ फागुन०७३ / प्रमुख विपक्षी दल नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियान आज चितवन प्रस्थान गर्ने भएको छ ।

मकवानपुरको हेटौँडामा शुक्रबार विशेष कार्यक्रम गरेको एमालेले आज चितवनमा विभिन्न कार्यक्रम गर्नेछ । चितवनमा हुने सभालाई एमालेका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।अभियानमा सहभागी टोली अहिले केही समयपछि चितवन प्रस्थान गर्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।झापाबाट शुरु भएको एमालेको मेची महाकाली अभियान सप्तरी घटनापछि केही दिनका लागि स्थगित भएको थियो । अभियान पुनः शुक्रबारबाट शुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।