0 COMMENTS

काठमाडौं, २८ फागुन०७३/आज नेपाल र केन्याबीच हुन गइरहेको विश्व क्रिकेट च्याम्यिनसीप खेल निर्धारित समयमा नहुने भएको छ । शुक्रबार रातीदेखि परेको पानीका कारण खेल प्रभावित हुने भएको हो ।मौसम विभागले भने दिनभरी पानी पर्ने बताएको छ । यो स्थितिमा आजको खेल स्थगित समेत हुन सक्ने सम्भावना प्रबल छ ।क्रिकेट मैदानमा दुवै देशका खेलाडीहरु पुगिसकेका छन् । दर्शकहरुको पनि उल्लेख्य उपस्थिति रहेको छ । आजको खेल हुन नसके आइतबारका लागि सारिने छ ।
केन्या र नेपाल पुराना प्रतिद्वन्द्वी हुन् । दुई वर्षअघि डिभिजन–२ मा केन्याबाट नेपालले पराजय भोगेको थियो ।नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा पुग्ने र यसबाट शीर्ष चारको सम्भावना जिवितै रहने छ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ । नेपालले केन्यासँग ५० ओभरको तीन खेल खेलेको छ र एउटा टी–२० पनि। ५० ओभरको ३ वटै खेल जितेको केन्याको यो ‘भर्सन’ मा बलियो उपस्थिति देखिन्छ। तर, टि–२० मा नेपालले केन्यालाई हराएको छ।
आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमा छ । केन्या भन चार खेलमा जित हासिल गरेपनि ८ अङ्कका साथ अङ्क तालिकामा नेपालभन्दा एक स्थान अगाडि छ ।
नेपालले लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत कीर्तिपुरमा खेलेको खेल अहिलेसम्म हारेको छैन्। त्यसैले केन्यासँगको दुई खेलबाट नेपालले राम्रो नतिजाका साथ ४ अंक बटुल्नेमा नेपाली टोली धेरै हदसम्म विश्वस्त देखिन्छ। यस्तो भएको खण्डमा नेपालले अंक तालिकामा केन्यालाई २ अंकले पछि पार्ने छ। लिग क्रिकेट च्याम्पियनसिपमा अन्तिम ४ मा स्थान बनाउने टिमले आउँदो वर्ष बंगलादेशमा विश्व कपको छनोट खेल्न पाउने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।