0 COMMENTS

 काठमाडौ, २८ फागुन०७३/आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आज खेल्दै छन् ।कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपाललाई घरेलु मैदान र दर्शकको समर्थन रहने छ । यो खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । जित्ने टोलीको शीर्ष चारमा पर्ने सम्भावना बलियो हुने भएकाले आजको खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा खेल्न मौका मिल्नेछ । नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा उक्लनेछ । यस्तो अवस्थामा नेपालको शीर्ष चारको सम्भावना कायमै रहनेछ । तर नेपालले दुवै खेल हारेको खण्डमा शीर्ष चारमा रहर्ने सम्भावना निकै कठिन हुनेछ ।जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमा छ । त्यस्तै समान आठै खेल नै खेलेको केन्या चार खेलमा जित हासिल गर्दै आठ अङ्कका साथ पाँचौं स्थानमा छ । केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।
पारस खेल्नेमा अनिश्चित
कप्तान पारस खड्काले आजको खेल खेल्न सक्ने बताइएको छ । तर टुंगो भने लागिसकेको छैन । पारसले तीन साता अघिमात्र एपेण्डिक्सको सल्यक्रिया गराउनुभएको थियो ।कप्तान खड्काले आफू शारिरीक तथा मानसिक रुपमा तयार भएको बताउनुभएको छ । त्यस्तै नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले कप्तान पारस खड्का खेल्न सक्ने संकेत गर्नुभएको छ । उहाँले पारस मानसिक रुपमा तयार रहेकाले खेल्न सक्ने यदि खेल्न नसकेको खण्डमा विकल्पमा अन्य खेलाडी तयार रहेको बताउनुभयो ।यस्तै नेपाली राष्ट्रिय टोलीका बलर करण केसीको स्वास्थ्य समस्या देखिएको छ । पेट दुख्ने र वान्ता समेत भएपछि उहाँलाई उपचारका लागि बल्खु स्थित बयोधा अस्पताल भर्ना गरिएको छ । करणले केन्या विरुद्धको दुवै खेल गुमाउने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।