0 COMMENTS

काठमाण्डाै २७ फाल्गुन२०७३/ नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ बढाएको छ ।१३५० रुपैयाँ रहेको ग्यासको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी २५ रुपैयाँ बढाएर १३७५ पुर्‍याएको निगमका प्रवक्ता एवं बिक्री वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिए ।भारतीय आयल निगमले ग्यासको भाउ बढाएर पठाएपछि मूल्य बढेको हो । यसअघि प्रतिसिलिण्डर ३१३ रुपैयाँ ५१ पैसा घाटा रहेको थियो । भाउ बढेपछि पनि २८८ रुपैयाँ ५१ घाटा कायमै छ ।अन्य इन्धनको मूल्य भने बढेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।