0 COMMENTS

काठमाण्डाै २६ फागुन ०७३/ नेपाल आयल निगमले अब तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने भएको छ ।भारतबाट मात्रै इन्धन आयात गर्दै आएको निगमलाई तेस्रो मुलुकबाट समेत इन्धन ल्याउन इन्डियन आयल कर्पोरेशन (आईओसी) ले सहमति दिएको छ ।सहमतिअनुसार आइओसीले भने जति परिमाणमा तेल उपलब्ध गराउन नसकेको अवस्थामा तेस्रो मुलुकबाट पनि इन्धन ल्याउन सक्ने व्यवस्था गरिएको छ ।

इन्धन खरिद सम्झौता नवीकरण गर्ने विषयमा एनओसी र आईओसीका उच्च अधिकारीबीच हालै भएको छलफलपछि नेपालले यो अधिकार पाएको छ ।यसअघिको सम्झौतामा नेपालले आईओसीसँग मात्र पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो ।

यद्यपि हालको सहमतिमा पनि निगमले तेश्रो मुलुकबाट ल्याएको कच्चा तेल (क्रुड) आयल आइओसीको रिफाइनरी प्लान्टमा प्रशोधन गरेर नेपाल पठाउने व्यवस्था गरिएको छ ।यसबाट नेपालले प्रशोधित तेल अझै पनि तेश्रो मुलुकबाट ल्याउन सक्ने व्यवस्था छैन ।
कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।