0 COMMENTS

काठमाडौँ, २५ फागुन०७३/ नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेराले सभ्य समाज निर्माणका लागि नारीप्रति हुँदै आएका विभेद्लाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

किमडोलस्थित निर्वाणमूर्ति बिहारले १०७ आंै अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आज आयोजित ‘बुद्ध र नारी मुक्ति’ विषयक गोष्ठीमा उनले बुद्वकालीन समयमा नारीप्रति रहेको विभेद्लाई न्यूनीकरण गर्न प्रजापति गौतमीको नेतृत्वमा ५०० नारीलाई बुद्ध शिक्षाको दिक्षा दिइएको बताए ।

राजदूत परेराले नेपालमा बुद्ध धर्मको पुनरुत्थानमा श्रीलङ्काको ठूलो सहयोग रहेको स्मरण गर्दै नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई बौद्ध धर्म, साहित्य तथा दर्शनको माध्यमबाट बलियो र सद्भावयुक्त बनाउन सकिने विश्वास व्यक्त गरे।

निर्वाणमूर्ति बिहारका महासचिव अमृतमान ताम्राकारले बुद्वको समयमा नारी स्वतन्त्र भई धर्म अभ्यास गर्ने अवस्था नरहेको बताउँदै तत्कालीन समाज परिवर्तनका लागि प्रजापति गौतमीलाई बुद्वले भिक्षुणी बन्ने अनुमति दिनुभएको विचार व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।