0 COMMENTS

काठमाण्डाै२५ फागुन०७३/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारलाई ७ बुँदे अल्टिमेटम बुझाएर बालुवाटारबाट बाहिरिएको छ ।निर्वाचनको मिति घोषणा फिर्ता हुनुपर्ने, तत्काल संविधान संशोधन हुनुपर्ने, सप्तरी घटनाका मृतकहरुलाई शहिद घोषणा गरिनुपर्ने, केन्द्र र प्रदेशको चुनावपछि मात्रै स्थानीय चुनाव गरिनुपर्ने लगायतका माग रहेको ७ बुँदे अल्टिमेटमपत्र बुझाएर मोर्चा बालुवाटारबाट बाहिरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेका मोर्चा र कांग्रेस माओवादी केन्द्रबीचको बैठकमा मोर्चाले सो अल्टिमेटम सहितको ७ बुँदे बुझाएको कांग्रेस नेता प्रकाशमान सिंहले जानकारी दिए ।नेताहरुका अनुसार ७ दिनभित्र आफूहरुको माग पूरा नभए आठौं दिन मोर्चाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने चेतावनी दिएकाे छ ।

सप्तरी घटनापछि पहिलो पटक भएको कांग्रेस माओवादी केन्द्र र मोर्चाबीच भएको बैठकमा झडप पछीकाे अवस्थालाई कसरी साम्य बनाउने र आगामी दिनमा खेल्नुपर्ने भूमिकाको विषयमा कुराकानी भएको बताइएको छ ।नेताहरुका अनुसार आजको बैठकमा मोर्चाले सप्तरीमा सरकारको निर्देशनमा मनपरी गोली चलाएर निहत्था नागरिकको ज्यान गरेको भन्दै आक्रोश व्यक्त गरेको थियो ।

प्रम प्रचण्डले भने घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कारबाही र उचित राहतको लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अवस्थालाई सम्यमित बनाउन मोर्चाको पनि भूमिका अपरीहार्य रहेकोमा जोड दिएका दिए ।यसैबीच मोर्चासँगको बैठकपछि अहिले कांग्रेस र माओवादी केन्द्रबीच बैठक चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।