0 COMMENTS

काठमाण्डाै २५फागुन०७३/ ‘महिला सम्मानको आधार, सीपमुलक हात र स्वरोजगार’ भन्ने नाराका साथ १ सय ७ औं नारी दिवस मनाइदै  आज १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रको आयोजना गर्दै मनाइदै छ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि महिला सम्मानको आधार, सीपमुलक हात र स्वरोजगार भन्ने नाराका साथ नारी दिवस मनाईदै छ ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेटि्कन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।

क्लारा जेटि्कनक्लारा जेटि्कन
सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटि्कनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।मार्क्सवादीहरुले सुरु गरे पनि यो दिवस संसारभरिका पुँजीवादी महिलाले समेत मनाउँछन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको राष्ट्रपति विद्या भण्डारी र  प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले शुभकामना व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज सरकाले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।