0 COMMENTS

 राजविराज२५ (सप्तरी)०७३/प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरीको जनजीवन आज पनि प्रभावित रहेको छ ।

बन्दका कारण सप्तरीमा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था पनि बन्द भएको छ । बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजार क्षेत्रमा बन्द गराएका छन् ।

नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा सोमबार तीनजना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो भने २४ जना कार्यकर्ता घाइते भएका थिए ।उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अन्यको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यसैबीच, नेपाली काँग्रेसका सांसद सकलदेव सुतिहार र सांसद रञ्जितकुमार कर्णले आज छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको कडा शब्दमा निन्दा गरेका छन् । एमालेको राष्ट्रिय अभियानका नाममा स्वाधीनतामाथि नै खलल पु¥याउने काम भएको भन्दै एमालेलाई कुनै पनि जिल्लामा अराजक गतिविधि एवम् कार्यक्रम नगर्न आग्रह गर्दै सांसदद्वयले घटनाको छानबिन गरी दोषीउपर कार्वाहीको माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का नेता एवम् सप्तरी क्षेत्र नं १ का सांसद मानपुर चौधरीले घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कार्वाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।