0 COMMENTS

 काठमाडौँ, २५ माघ०७३/ पुर्वराजा ज्ञानेन्द्र शाहलाई नवलपरासीको गैंडाकोटमा स्थानीय बासीले भब्य स्वागत गरेका छन् ।कांग्रेसचोकबाट करिब ५०० मिटर भित्र रहेको गणेश मन्दिरमा राजतन्त्रको पक्षमा कलम चलाउँदै आएका युवा विश्लेषक सन्तोष भुसालको बिशेस पहलमा पुजा अर्चनाको कार्यक्रम मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको थियो ।आफै मोटर हाँकेर आएका पूर्वराजा करिब ३०० मिटर लामो लाइनमा बसेका सर्वसाधारणको फूलमाला ग्रहण गर्दै हिंडेरै मन्दिर सम्म पुगेका थिए ।

राजतन्त्रको पक्षमा चर्को नाराबाजी गर्दै “राजा ल्याउँ देश बचाउं” नारा घन्किएको थियो । पूर्वराजा शाह नवालापरसिको दुम्कौली स्थित चौधरी ग्रुपले निर्माण गरेको शास्वत धाम मन्दिराको पुजामा सरिक भएका थिए ।सोमबार चितवन पुगेका शाह आज राजधानी फर्किने जानकारी निर्मल निवाश श्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।