0 COMMENTS

दाेलखा२५  फागुन २०७३ /प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन्। मंगलबार दोलखामा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थानीय निकायको चुनाव कुनै पनि हातलमा रोकिदैन।’
त्यसैगरी सोमबार सप्तरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसको समस्या समाधानका लागि मंगलबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने र मधेसी मोर्चासँग ठोस छलफल गर्ने समेत जानकारी गराएका छन्।‘सप्तरीमा भएकाेअप्रिय घटनाप्रति सरकार दुःखी छ, मधेसको समस्या समाधानका लागि  मन्त्रिपरिषद् बैठक बस्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सप्तरी घटनाप्रति सरकार गम्भीर छ, यो विषयमा मधेसी दलसँग समेतर गम्भीर छलफल हुन्छ।’
प्रधानमन्त्री प्रचण्डले सप्तरी घटनाका मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचारका लागि सरकारले निर्देशन दिइसकेको समेत जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।