0 COMMENTS

राजविराज २३ फागुन०७३/ सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर मलेठ–२, का सञ्जन मेहताको मृत्यु भएको छ।सोमबार राजविराजको औद्योगिक क्षेत्रमा एमालेको मेची महाकाली अभियानको कार्यक्रम सकिएपछि सभास्थल बाहिर मधेसी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको थियो। प्रहरीले हवाई फायर गर्दा पनि प्रदर्शनकारीले ढुंगामुढा गर्न नछोडेपछि प्रहरीले गोली चलाएको हो।
प्रहरीले चलाएको गोली मेहताको टाउँकोमा लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीले गोली चलाएपछि अहिले राजविराजको स्थिति तनावग्रस्त बनेको छ।यसअघि एमालेको सभा विथोल्न प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच विभिन्न ठाउँमा झडप भएको थियो। प्रदर्शनकारीले एमालेको कार्यक्रम सकिए लगत्तै बाहिरिएका एक जना एमालेका कार्यकर्ताको मोटरसाइकलमा आगजनी गरेका थिए।अन्नपुर्ण 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।