0 COMMENTS

रंन्जिता ढकाल,नेपालगन्ज २३फागुन ०७३/चैत्र १ गते नेपालगन्जमा हुने बृहत आम सभामा निम्तो गर्ने र संविधान कार्यान्वयनमा जोड दिने उदेश्यले नेकपा एमाले वडा नं.१२ले आज घरदैले कार्यक्रम गर्यो ।
संविधान कार्यान्वयन गराउने, स्थानिय निकायको चुनाब तोकिएको मितिमा सम्पन्न गराउन पहल गर्ने उदेश्यले एमालेले घर दैलो अभियमा शुरु गरेको हो । मेचि महाकाली अभियान फागुन २१ गते पुर्व झापाबाट शुरु गरेर चैत्र १ गर्ते नेपालगन्जमा आइपुग्ने नेकपा एमाले उप–महा नगरपालिकाका अध्यक्ष दत्त प्रसाद आचार्यल जानकारी गराउनु भयो । नेकपा एमाले वडा नं.१२का वडा अध्यक्ष लोकप्रसाद उपाध्यायको अध्यक्षतामा शुरु गरीएको घरदैलो कार्यक्रम वडा नं.१२को चारवाहिनीबाट शुरु गरी विद्युत कार्यालय नजिक पुगी पुर्वतर्फ हुदै बाँकेगाउँसम्म पुगेर जनतालाइ चैत्र १ गते हुने बृहत आमसभाको निम्तो बाडेको थियो ।
घरदैलो कार्यक्रममा वडा नं.१२ का स्थानियवासी भानु पाण्डे, गोविन्द आचार्य, नेकपा एमाले क्षेत्र नं.६ प्रदेशका सदस्य नन्दा शर्मा, विद्यार्थी नेताहरु, नेकपा एमाले पार्टी उपाध्यक्ष निरक गुरुङ,पार्टी सदस्य महिलाहरु, नेकपा एमाले बाँकेका लेखा समिति सदस्य रामचन्द्र आचार्य,नेकपा एमाले जिल्ला कमिटि सदस्य ए.सी.पोखरेल, विष्णुलामा , नेकपा एमाले उपमहानगरपालिका का उपाध्यक्ष गोविन्द रेग्मी, आशा के.सी,अनेमसंघ १२ का अध्यक्ष जयन्ती के.सी. लगायतको उपस्थिति रहेको थियो । घर दैलो कार्यक्रम वडा नं.१६,१७,१३ मा सम्पन्न भयो भने अन्य वडामा संचालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।