0 COMMENTS

सप्तरी२३,  फाल्गुन२०७३/मेची महाकाली अभियान अन्तरगत सुनसरीको इनरुवामा कार्यक्रम सकाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेतचहरु दलबल सहित सप्तरी पुगेका छन् । सप्तरी प्रवेश गर्ने बित्तिकै त्यहाँका मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु प्रदर्शन गरिरहेका छन् ।

सबैको हातमा लाठी(भाटा) देखिएको छ । साथै कालो झण्डा पनि । राजविराजबाट पाँचसयको साँख्यामा मधेशी मोर्चाका कार्यकर्ताहरु औद्योगीक क्षेत्रतिर नारा लगाउँदै प्रहरीको घेरा तोड्दै अघि बढेको छ ।

साथै, भारदह, कञ्चनपुर, रुपनीमा पनि प्रदर्शनहरु भइरहेको छ । यी ठाउँहरुमा सेना पनि परिचालन गरिएको छ । प्रहरी स्रोतका अनुसार कार्यक्रमस्थलसम्म सेनाको सुरक्षामा ओलीलाई पुर्याउने तयारी रहेको छ ।यसअघि, इनरुवाबाट कार्यक्रम सकेर अघि बढेको एमालेको सवारीमा ढुंगा प्रहार भएको थियो भने ठाउँ–ठाउँमा कालो झण्डा देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।