0 COMMENTS

 काठमाडौं२३, फागुन०७३/ सडक सञ्जालमा जोडिन हालका तीन सय ६८ गाविस बाँकी छन् । ती गाविस जोड्न अझै चार हजार आठ सय ८५ किमि सडक आवश्यक रहेको सरकारी अनुमान छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)को तथ्यांकअनुसार जिल्ला मुख्य सडक सञ्जालको लम्बाइ २५ हजार ७ सय २५ किलोमिटर पुगेको छ । गाविस जोड्ने सडकको लम्बाइ भने ३१ हजार ९ सय ४ किलोमिटर छ । डोलिडारको ०६९ को तथ्यांकमा स्थानीय सडकको लम्बाइ ५० हजार ९ सय ४४ किलामिटर थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसअवधिमा ६ हजार ६ सय ६८ किलोमिटर (१३ दशमलव २ प्रतिशत) ले स्थानीय सडक निर्माण भएको छ । औषतमा स्थानीय सडक निर्माण वार्षिक एक हजार ६ सय ७२ किलोमिटरका दरले वृद्धि भइरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । डोलिडारका महानिर्देशक रामकृष्ण सापकोटाले स्थानीय सडकको अद्यावधिक तथ्यांकले आगामी दिनमा योजना निर्माण तथा बजेट विनियोजनमा सहयोग पुग्न बताए । स्थानीय स्तरको सडक तथा अन्य पूर्वाधार विकास आयोजनामा लगानी गर्ने आधार तयार भएको उनको भनाइ छ ।

स्थानीय विकासका लागि विनियोजित बजेटमध्ये ८० प्रतिशत सडक र पुल निर्माणमा खर्च हुने गरेको स्थानीय विकास मन्त्रालयले जनाएको छ । अहिले पनि स्थानीय समुदायबाट सडक र पुल निर्माणको माग सबैभन्दा धेरै छ । स्थानीय सडक निर्माण गर्न जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समिति कार्यान्वयन निकायका रूपमा रहेका छन् । स्थानीय विकास मन्त्रालय र डोलिडारले संयोजन र समन्वय गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।