0 COMMENTS

काठमाडौं, २२ फागुन/मकवानपुर : हेटौडा उपमहानगरपालिका–८ स्थित काठमाडौंबाट रक्सौलतर्फ जाँदै गरेको  भारतीय नम्बरको जिप चेकजाँच गर्ने क्रममा छत मुनि फल्स बटम बनाई लुकाई छिपाई ल्याएको लागू औषध चरेश अन्दाजी ५ किलो फेला पारी चालक भारत मोतिहारी–३४ बस्ने ३० बर्षीय मेराज साह र सोही गाडीमा सवार २६ बर्षीय मिथलेश सहनीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
सुनसरी : भोक्राह–६ सुनसरी खोलाको पुल स्थित महेन्द्र राजमार्गमा पूर्वतर्फ आउँदै गरेको बा १४ च २०५ नम्बरको कार चेकजाँच गर्ने क्रममा कारको पछाडी डिक्कीमा लागू औषध कोरेक्स ४५ बोतल र नाईट्रोसन ४०० ट्याब्लेट फेला पारी कार चालक धरान उपमहानगरपालिका–१ घर भई हाल भोक्राह–८ बस्ने ३१ बर्षीय गणेश भुजेललाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।