0 COMMENTS

रौतहट २२ फागुन ०७३/रौतहटको कनकपुर-२ की एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

२५ वर्षीया सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको हो । उनी शेख खजुरकी श्रीमती हुन् ।सहनाजलाई अज्ञात समूहले सुतिरहेकै स्थानमा टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको र चुरेहिल अस्पताल मकवानपुर उपचारको क्रममा आइतबार मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

सोही स्थान बस्ने नसरुदिनको घरमा चोर आएको भन्ने हल्ला-खल्ला भएपछि सहनाजका श्रीमान शेख खजुर बाहिर निस्किएका थिए ।तर चोर फेला नपरेपछि उनी आफ्नो घरभित्र पस्ने क्रममा ढोकाको छेउँमा लुकीछिपी बसेको अपरिचित एक जना व्यक्तिले शेखको टाउकोमा धारिलो हतियार प्रहार गरेको थियो । उनी मध्यम घाइते बनाएको र निजको श्रीमती सहनाज खातुनलाई सुतिरहेको स्थानमा टाउकोमा धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ ।घटनाको अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।