0 COMMENTS

काठमाडौँ, २२ फागुन ०७३/ आगामी चैत अन्तिम साता भूकम्पपीडित परिवारलाई ट्याक्सी खरिद अनुमति दिने तयारी गरिएको छ । यातायात व्यवस्था कार्यालयले चैत्र २६ गते चिठ्ठा (गोलाप्रथा) गर्ने गरी तयारी गरिरहेको जनाएको छ ।
सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडित परिवारलाई एक हजार पाँच सय ट्याक्सी नम्बर उपलब्ध गराउने घोषणासहित गत साउनमा आवेदन खुला गरेको थियो । तर एक लाख ४९ हजार आवेदन परेपछि विभागले गोलाप्रथाद्वारा वितरण गरिने जनाएको हो, आजको गोरखापत्रमा खबर छ । विभागले हाल ती आवेदन प्रमाणीकरणका लागि सम्बन्धित जिल्लामा पठाइएको छ ।

विभागका प्रवक्ता टोकराज पाण्डेले भने, ‘सबै आवेदन सम्बन्धित जिल्लामा भेरिफिकेसनका लागि पठाएका छौं, फागुन २४ गतेसम्म आवेदनहरू जिल्लामै छानविन हुन्छ, त्यसपछि केन्द्रमा आएपछि हामीले अन्तिम नामावली सार्वजनिक गर्छौँ र गोलाप्रथाबाट एक हजार पाँच सय जनाको छनोट हुन्छ । ’ पन्तका अनुसार चैत्र २६ गतेसम्म काम सम्पन्न गर्ने योजनामा यातायात व्यवस्था विभाग छ । गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म ट्याक्सीका लागि आवेदन खुला गरिएको थियो । विभागका अनुसार काभ्रे, दोलखा, सिन्धुपाल्चोक र धादिङ जिल्लाबाट धेरैको सङ्ख्याले आवेदन दिएका छन् भने अन्य जिल्लाको आवेदन सङ्ख्या न्यून छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।