0 COMMENTS

झापा, २१ फागुन०७३/ नेकपा एमालेले मेचीमहाकाली राष्ट्रिय अभियान झापाको काकरभिट्टाबाट सुरु गरेको छ । झापाको काकरभिट्टामा आज एक कार्यक्रमकाबीच अभियानको शुभारम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले अभियान कसैको बिरुद्धमा नभई राष्ट्रिय स्वाभिमानका पक्षमा र नेपाली जनताको पक्षमा भएको बताउनुभयो ।

एमाले महासचिब ईश्वर पोखरेलले यो अभियान राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि प्रभावकारी हुने धारणा राख्नुभयो । एमालेका सबै शीर्ष नेता अभियानको शुभारभ्भ सभामा सहभागी भए पनि महासचिव पोखरेल र अध्यक्ष ओलीले मात्र सम्बोधन गर्नु भएको थियो । अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल, नेताहरु मधावकुमार नेपाल, ईश्वर पोखरेल, बामदेब गौतम, भीम रावल, सुवासचन्द्र नेम्वाङ्ग लगायत झापा पुग्नु भएको छ । यो अभियान अन्गरतग तराईका २२ जिल्लामा ३५ वटा सभा गर्ने एमालेले जनाएको छ ।

“संविधान कार्यान्वयन, निर्वाचन, सम्बृद्धि र स्वाभिमान ः राष्ट्रिय एकता र समाजिक सद्भावका लागि मेची महाकाली अभियान” भन्ने मुल नाराका साथ शुरु भएको अभियान चैत ५ गते सुर्खेत पुगेर समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।