0 COMMENTS

 काठमण्डाै२१ फाल्गुन ०७३, अहपरणमा परेका तीन जना युवकलाई मुक्त गराउदा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ । २१ फागुनमा काठमाडौंको स्वयम्भूबाट मुक्त गराउने क्रममा गोली हानाहान भएको हो ।

काठमाडौंको बौद्धबाट तीन दिनअघि विशाल तामाङ, नाङडुङ तामाङ र मनदोर्जे तामाङ अपहरणमा परेका थिए । उनीहरुलाई अहपरणकारीले फिरौती लिएर मुक्र गर्ने क्रममा प्रहरीसँग गोली हानाहान भएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।उनीहरुलाई मुक्त गर्न अहपरणकारीले रु.६ लाख फिरौती लिएका थिए । महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार एक जना अहपरणकारी पक्राउ परेका छन् ।

घुँडामा गोली लागेर घाइते भएपछि अपहरणकारी दुर्गा तामाङ पक्राउ परेका हुन । अन्य अपहरणकारी गोली प्रहार गरेर भागेको जनाएको छ । उनीहरुको खोजी भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।