0 COMMENTS

आपसी सहमति र इच्छाको तालमेल भएर राखेको यौन सम्पर्कको आनन्द बेग्लै प्रकारको हुन्छ भनिन्छ ।

संसारका सबै प्राणीले जिवनयापनको दौरानमा यौन सम्पर्कलाई प्राथमिकतामा राखेका हुन्छन् । तर विपरित पार्टनरको इच्छालाई ख्याल नगरि गरिने यौन सम्पर्कमा चाहेअनुसारको सन्तुष्टि पाउन सकिदैन । यसर्थ सहि समय र विपरित पार्टनरको इच्छा–चाहानालाई ख्याल राखि यौन सम्पर्क गरे दुवैको सन्तुष्टि पुराहुन सक्ने विशेषज्ञहरु बताउँदछन् ।

यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा नदेखाएको खण्डमा भने जबरजस्ती यौन सम्पर्क राख्नु राम्रो होइन । यसले तपाईप्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ । पुनः समस्या खडा गरिदिन सक्छ ।

यौन सम्पर्कअघि पार्टनरलाई बिस्तारै मानसिक रुपले तयार गर्ने । यसका लागि उनलाई आफ्नो सामिप्यता महसुष गराउनु पर्छ । प्रेमपूर्वक व्यवहार गर्नुपर्छ । पार्टनर बीच झगडा वा मनमुटाव भएको बेला यौन सम्पर्कले सम्बन्ध सुधार हुन्छ भन्ने केहिको धारणा छ त्यो गलत पनि हुन सक्छ ।

झैझगडा वा मनमुटावको अवस्थामा यौन सम्पर्क गर्दा सम्बन्धमा सुधार आउनुका सट्टा झन बिर्गिन सक्छ । यौनको अर्थ प्रेम दर्शाउनु पनि हो, एक अर्का नजिकबाट अंकमाल गर्नाले विर्गिएको सम्बन्धमा सुधार आउन पनि सक्छ तर यो अपवाद मात्रै हो । जबरजस्ती यौन सम्पर्क राख्ने प्रयासले थप झगडा निम्त्याउन सक्छ । किनभने यो शारीरिक क्रिया त हो तर, यौन सम्पर्कमा भावनाको मिलन पनि आवश्यक हुन्छ । –हेल्थ टिप्सबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।