0 COMMENTS

नेपालगन्ज,२० फागुन०७३ /स्वर्गीय रणेन्द्र बहादुर हमाल ‘भाइराजा’स्मृती क्रिकेट प्रतियोगीता भोलीबाट नेपालगञ्जमा सञ्चालन हुने भएको छ। आज नेपालगञ्जमा पत्रकार सममेलनको आयोजना गरी प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । सांसद मैकुलाल बाल्मिकीको संसदीय विकास कोषबाट सञ्चालन हुने प्रतियोगीतामा ८ ओटा क्लवले सहभागीता जनाएका छन् । प्रतियोगीतामा बोल्दै संसाद मैकुलाल बाल्मिकीले रणेन्द्र हमालले समाजप्रति गरेको योगदानलाइ स्मरण गर्दैै खेल क्षेत्रको विकासका लागी पनि प्रतियोगीता सञ्चालन गर्नु राम्रो काम भएको बताउनुभएको छ । प्रतियोगीतामा प्रथम हुनेले ५१ ह्जार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगीतामा फागुन २१ गतेबाट सुरु भइ फागुन २८ सम्म सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका कोषाधक्ष सुरेन्द्र हमाल, राखेपका सदस्य बिनोद मैनाली, मध्य पश्चिम क्षेत्रिय अधक्ष भिम वली ,बाँके जिल्ला खेलकुद बिकास समितीका उपाधक्षय एबम कार्यबहाक अधक्ष पदम बहादुर बुढाथोकी ,क्रिकेटर सुनिल सिङ्ग हमाल नेपाल पत्रकार महासंघ बाँकेका अधक्ष ठाकुर सिङ्ग थारु लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपश्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।