0 COMMENTS

काठमाडौं २० फागुन०७३/भारतले प्रतिबन्ध लगाएको पाँच सय र हजारका भारतीय रुपैयाँ छिट्टै नै साटिने भारतीय वित्त मन्त्री अरुण जेट्लीले बताए । नेपाल लगानी सम्मेलन २०१७ मा सहभागी हुन नेपाल आएका मन्त्री जेट्लीले शुक्रबार विहान पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले वैधरुपमा नेपालमा रहेका भारतिय पाँच सय र हजारका नोट साटिने भन्दै यो विषयमा दुई देशका केन्द्रीय बैंकबीच छलफल चलिरहेको जानकारी दिए ।
प्रतिबन्धित भारतीय रुपैयाँ साट्ने भनि नेपाल आएको भारतीय टोली भने कुनै निर्णय बिना नै स्वदेश फर्केको छ । मंगलबार रिजर्भ बैंक अफ इन्डियाको दुई सदस्यीय टोली नेपाल आएको भएपनि कुनै ठोस निर्णय बिना नै विहिबार भारत फर्केको हो । तीन दिनको बसाईका आरबीआईको टोलीले नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका प्रमुख लगायत केही उच्च कर्मचारीले भेटेर प्रतिबन्धित भारु नोटका बोरमा जानकारी लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।