0 COMMENTS

काठमाडौँ, २० फागुन०७३/राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले ‘गाई’ चुनाव चिह्न कायम गर्न सर्वसम्मत निर्णय गरेको छ ।
धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बिहीबारदेखि सुरु भएको बैठकले मुलुकलाई सनातन धर्म कायम गर्न आगामी चैत ८ देखि १२ गतेसम्म ‘राष्ट्रिय एकता यात्रा’ अभियानका रुपमा देशभर पुर्याउने निर्णय गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त अभियानअन्तर्गत आधुनिक नेपालको एकीकरणका लागि सुरुवात गरिएको स्थान गोर्खा, झापा, कञ्चनपुर र काठमाडौँबाट स्वयव्सेवक परिचालन गरी देशभर घरदैलो कार्यक्रम तथा आर्थिक विकासका बारेमा अन्तक्र्रियासमेत गरिने छ ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा पनि छलफल गरिएको छ । स्थानीय चुनावको स्वागत गर्दै मधेसी मोर्चाका जायज माग पूरा गर्न सरकारलाई बैठकले आग्रहसमेत गरेको छ । नयाँ संविधानअनुसार पार्टीको स्थानीय संरचनामा सङ्गठनको विस्तार गर्नेबारे बैठकमा छलफल गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।