0 COMMENTS

स्याङ्जा, १९ फागुन०७३/ बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पराजित भएपछि नेपाल विद्यार्थी संघबाट सभापतिकी एक उम्मेदवारले झुण्डिएर आत्महत्या गरेकी छन् ।

स्याङजाको फेदीखोलास्थित सिद्धार्थ क्याम्पसमा सभापति पदकी उम्मेदवार रहेकी २० वर्षीय रिमा क्षेत्रीले निर्वाचन हारेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक सुनील प्रधानका अनुसार रिमाले ‘आफूलाई मर्ने मन नभएपनि चुनावी हारले आत्महत्या गर्न बाध्य भएको’ भनेर लेखिएको सुसाइड नोट समेत लेखेको भेटिएको छ ।उनले फेदीखोला–९ डाँडागाउँस्थित आफ्नै घरमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।